जन्मदिन विशेषमा सलोन बस्नेत भन्छन् ‘अहिले सिंगल छु, विवहा त ७ बर्ष पछि मात्रै’

loading...

युवापुस्ताक दर्शकमाझ निकै लोकप्रिय छन् सलोन वस्नेत। चन्चले स्वभाव र क्युट मुहारले सलोनाले धेरैको मन जित्न सफल भएका छन्। बालकलाकारको रुपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका सलोन निर्देशक शोभित बस्नेतका छोरा हुन्। उनी क्युट अभिनेता सलोन २४ बर्ष पुरा भएर २५ वर्ष लागेका छन्।

पछिल्लो समय सलोन निकै व्यस्त कलाकारको रुपमा रहेका छन्. ‘गाजलु’, ‘आभाष’, ‘लभ सब’, ‘आधा पेज’, ‘होस्टेल’ लगायतका चलचित्रमा उनि मुख्य भूमिकामा देखिएका छन्। ‘होस्टेल’ चलचित्र पछी निकै राम्रो चर्चा बटुल्न सफल सलोन अभिनित नयाँ चलचित्र ‘राधे’ बैशाख १ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

जन्मदिनको सुरुवात कसरि गरे त सलोनले ?

उनि भन्छन्, ‘बिहानै घरको मन्दिरमा पुजा गरेर दिनको सुरुवात गरे।  भगवानको आशिर्वाद लिएपश्चात हजुरआमा र बुबा-आमाको आशिर्वाद लिए।’ बिहानभरि घरमै रहेका सलोन दिनभरी साथीभाई संग भेटेर रमाईलो गर्ने योजनामा रहेको बताउछन्।

उनले जन्मदिनको दिन आफुले त्यस्तो विशेष केहि प्रण नगरेको बताउदै उनले भने अब आउने साल भित्रमा सलोन पुरै परिवर्तित भएको दर्शक र साथीहरुले पाउनेछन्। परिवर्तित बनेको सलोनलाई दर्शकले चलचित्रमा लिड रोलमा मात्रै देख्न पाउने सलोनले बताएका छन्।

अभिनेत्री करिश्मा श्रेष्ठ संगको प्रेम चर्चामा रहने गरेका सलोनाले अहिले आफु सिंगल रहेको बताएका छन्।  उनि भन्छन्, हाम्रो ब्रेकअप भैसक्यो। अहिले म सिंगल छु। ‘

अनि विवाह?

हास्दै सलोन भन्छन् विवहा त अवको ७ बर्ष पछी मात्रै

‘नेपालीबाबु’ चलचित्रमा बलाकलाकर हुदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका सलोनलाई जन्मदिनको धेरै धेरै शुभकामना

Comments

comments