चर्चाको शिखरमा कायमै ‘साईली’, बन्ने भो चलचित्र

loading...

नेपाल संगै विश्वभर नै चर्चामा आएको हेमन्त रानाको आवाजमा रहेको ‘साइली’ गीतको एल्बमको विमोचन गरिएको छ। काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै एल्बम सार्वजनिक गरिएको हो।


४० लाख बढी पटका हेरिसकिएको ‘साइली’ले दर्शक श्रोताको मन निकै राम्रो संग जीतेको छ। लोकप्रिय बनेको यहि गीत ‘साइली’ माथि अव चलचित्र निर्माण हुने भएको छ। गौरव पहारी र हेमन्त रानाले संचालनमा ल्याएको जीएच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘साइली’ माथि चलचित्र निर्माण घोषणा समेत गरिएको छ।
कालीप्रसाद बास्कोटाको संगीत र हेमन्त रानाको आवाजमा रहेको गीतमा हिमाल साउद र कालिप्रसाद बास्कोटाको शब्द रहेको छ। सार्वजनिक गीतको भिडियोमा गौरव पहारी र मेनुका प्रधान फिचरिङमा रहेका छन्।

Comments

comments