पूर्वयुवराज्ञी हिमानी शाह र मनिषा कोइराला धुलिखेलको रिसोर्टमा

loading...

हिमानी ट्रस्ट खोलेर समाजसेवामा सक्रिय पूर्वयुवराज्ञी हिमानी शाह सार्वजनिक कार्यक्रममा त्यति धेरै देखिन्न्। औपचारिक कार्यक्रममा बाहेक त्यति धेरै नदेखिने हिमानी हालसालै धुलिखेलको एक रिसोर्टमा पुगेकी छिन्।

हिमानी घुलिखेलमा अवस्थित द्वारिकाज रिसोर्टमा अभिनेत्री मनिषा कोईराला लगायत केहि व्यक्ती संग देखिएकी थिइन्। मनिषाले बुधबार बिहान सामाजिक संजाल फेसबुकमा हिमानी सहित केहि व्यक्ती संग तस्विर पोष्ट गरेकी थिइन्।

राजपरिवार स्नाग निकै राम्रो सम्बन्ध रहेकी अभिनेत्री मनिषा विपी कोईरालाकी नातिनी हुन्। हिमानी शाहका छोरा हृदयेन्द्रको व्रतबन्ध पार्टीमा सरिक हुन मनिषा करिव एक महिनाको लागि नेपालमा रहेकी छिन्।

Comments

comments