‘तिमि म:म खादै, म चाउमिन बजाउदै’ (भिडियो)

loading...

चलचित्र ‘हिटलर’ समावेश एक गीतको अडियो सार्वजनिक भएको छ। आगामी जेठ १२ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको ‘तिमि म:म खादै, म चाउमिन बजाउदै’ बोलको गीत सार्वजनिक भएको हो। सार्वजनिक गीतमा लोचन घिमिरेको शब्द, संगीत र स्वर रहेको छ भने गीतमा लोचनलाई श्रेया सोताङले साथ दिएकी छिन्। अष्टनारायण पिक्चर्सले निर्माण गरेको चलचित्र ‘हिटलर’मा नायक सोहित मानन्धर र नव–नायिका समिया बर्तौलाको मुख्य भूमिका रहेका छन्।
सौरभ ढकालले निर्देसहन गरेको चलचित्रमा ए.आर पौडेलको छायांकन रहेको छ। चलचित्रमा लोचन घिमिरेको संगीत रहेको छ भने चिनीमाया मानन्धर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता त्रिरत्न मानन्धर हुन्।

Comments

comments