होलीको रंगमा रंगिएका कलाकार (तस्विर र भिडियो)

loading...

रंगहरुको पर्व होली फाल्गुन २९ गते उपत्यका सहितका पहाडी भू-भागमा मनाईएको छ । रंगहरु संग खुसि साट्ने पर्व होलीको मोह सेलिब्रेटीलाई पनि होली कार्यक्रम गज्जबले नै लागेको देखिएको थियो।

विभिन्न ठाउमा कलाकारहरुको आ-आफ्नै शैलीमा होलि मनाईरहेका थिए । हरेकाले आफ्नै हिसाबले लिएको होलीमा कलाकार निकै खुलेर झुमेका थिए ।


टिभी फिल्मिले सुकेधारामा आयोजना गरेको कार्यक्रम देखि करिश्मा मानन्धरले गोदावरीमा आयोजना गरेको होली बिशेष कार्यक्रममा ठुलो संख्यामा कलाकारको उपस्थिति रहेको थियो ।
रेखा थापा, झरना थापा, संचिता लुईटेल, नम्रता श्रेष्ठ, निता ढुंगाना, युवराज चौलागाई, शिव परियार, सुस्मिता केसी, अनु शाह लगायतका कलाकार होलीमा झुमेका थिए ।


अभिनेत्री निता ढुंगाना भन्छिन्, ‘हरेक बर्षको होलीमा खुलेर रमाउने गर्छु। रंगहरु संग एक अर्कामा खुसि साट्नु नै होलीको बिशेषता लाग्छ ।’


त्यस्तै होलीले रंगिन बनेकी झरना थापाले भनिन्,’ प्राय होली सधै खेल्ने गर्दछु । होलीले एक अर्कामा खुसि साट्ने मात्रै काम गर्दैन, विभिन्न कारणले भेट हुन नपाएका चलचित्रकर्मी र पत्रकार साथीहरु संग भेट हुने मौका पनि मिल्छ ।’


हरेक बर्ष जस्तै यो बर्ष पनि होलीको आयोजना गरेकी करिश्माले भनिन्, ‘ हरेक बर्ष धेरै कलाकार संग बसेर होली मनाउन पाउँदा निकै खुशी लाग्छ ।साथमा विनोद जी को जन्मदिन पनि संगै मनाउनाले होली विशेष लाग्छ कलाकार र मिडियाकर्मी सवै संग भेट्ने एउटा बहाना पनि हो ।’
विभिन्न ठाउमा होलीमा झुमेका कलाकारहरुको होली विशेष तस्विर र भिडीयो;

 

तस्विर: मिलन ढुंगाना

Comments

comments