‘नेपाल आईडल हुन भर्सटाइल हुन जरुरि छ’- इन्दिरा जोशी (भिडियो)

loading...

पछिल्लो समय नेपाल आईडलको चर्चा वजारमा निकै राम्रो संग छाएको छ।  सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया बढी पाईरहेको नेपाल आइडलका जजहरु पनि विवादमा मुछिएका छन्। जजहरुको जजमेन्टको बारेमा निकै नकारात्मक प्रतिक्रियाहरु बाहिर आईरहेका छन्।


यहि क्रममा नेपाल आईडलकी एक जज गायिका इन्दिरा जोशीले यो बिषयमा आफ्नो केहि विचार सार्वजनिक गरेकी छिन्।
नेपाल आइडलको बारेमा धेरै कुरा गर्न नमिल्ने एग्रिमेन्ट भएको बताउने इन्दिराले नेपाल आइडल बन्न राम्रो गायकी  भएर मात्रै नहुने बताएकी छिन्। उनले भनिन्,’ नेपाल आइडल पहिलोपटक नेपालमा हुदैछ। हामी एउटा आइडलको खोजीमा छौ। नेपाल आइडल हुनको लागि भर्सटाइल हुन जरुरि छ। ‘

एपी१ टेलिभिजनबाट प्रसारण भैरहेको नेपाल आइडलको बारेमा अनेक टिकाटिप्पणी हुदै आएका छन्।

Comments

comments