वान टेकमा खिचिएको ‘जालो’ ट्रेलर यस्तो बन्यो (भिडियो)

loading...

गिनिज बुकमा नाम लेखाउने तयारीमा रहेको चलचित्र ‘जालो’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा बिहिबार एक पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। वान टेकमा दुईवटा चलचित्र खिचिएको छ करिब चार घण्टा लामो चलचित्र ‘जालो र जालो रिटन्र्स’लाई वान टेकमा खिचिएको छ। चलचित्र जालो जेठ १९ गतेबाट रिलिज हुने तयारीमा रहेको छ। करिव ६ महिनाको रिसर्च र १९ दिनको वर्कसप् पछी मंसिर १५ गते चलचित्रको छायाँकन गरिएको थियो। दूई चलचित्रमा ५ वटा गीत समावेश भएको निर्माण टिमले जनाएको छ।
अराज केशवले निर्देशन गरेको चलचित्रमा निर शाह, अनुपविक्रम शाही, रेमनदाश श्रेष्ठ, मेनुका प्रधान, निराजन प्रधान, मुना गौचन लगायतको अभिनय रहेको छ।चलचित्रलाई हरि लामाले खिचेका छन्। नो कट, नो रिटेक मा चलचित्र तयार भएको हो।

Comments

comments