जिग्री-पाडे समाजसेवामा, बन्दैछन् दृष्टिबिहिनको साहारा

loading...

हास्यकलाकार अर्जुन घिमिरे ‘पाडे’ र कुमार कट्टेल ‘जिग्री’ समाजसेवामा लागेका छन्। सप्तरीको गम्हरिया प्रवाहा गाविसमा रहेका एकै परिवारका पाँच जना दृष्टिबिहीनको साहारा बन्ने तयारीमा रहेका छन् यी दुई हास्यकलाकार ।

सप्तरी युथ नेपालको समन्वयमा “जिग्री पाडे प्रतिष्ठान नेपाल”ले १०० किलो चामल, १० किलो आलु, १० किलो प्याज, १० लिटर खाने तेल, न्यानो कपडा लगायतको सामान बितरण गरेको छ ।


सामग्री वितरणको साथमा “जिग्री पाडे प्रतिष्ठान नेपाल” र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहको  संयुक्त पहल सप्तरी युथ नेपालको सयोजनमा दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैत्रि र धुवारहित घर बनाउने अभियान सन्चालनको घोषणा समेत गरेको छ । साथमा “जिग्री पाडे प्रतिष्ठान नेपाल”ले सवैलाई यो पवित्र कार्यमा सहायोग गर्नको लागि अपिल समेत गरेको छ ।


यो अभियानलाई सहयोग गर्नको लागि ९८४१०२६२६६ मा सम्पर्क गर्न सकिने “जिग्री पाडे प्रतिष्ठान नेपाल” ले बताएको छ ।

Comments

comments