कबिर खान र ऋतिक रोशन अव एकै चलचित्रमा

loading...

बलिउडका चर्चित निर्देशक कबिर खानको नयाँ चलचित्रमा ऋतिक रोशन देखिने भएका छन्। भारतीय मिडियाका अनुसार रोमान्टिक एक्सन जनराको चलचित्रमा कबिरले ऋतिकलाई लिने भएका हुन्। चलचित्र साजिद नडियाडवालाको निर्माणमा बन्ने छ।

एक था टाईगर , बजरंगी भाईजन जस्ता सफल चलचित्र निर्देशन गरेका कबिरको जोडी सलमान खान संग जम्ने गरेको थियो। कबिर यतिबेला ‘ट्यूबलाइट’ को सुटिङमा व्यस्त छन्। ‘ट्यूबलाइट’ मा सलमान नै मुख्य भूमिकामा रहेका छन्। सलमान छाडेर ऋतिक तर्फ लागेका कबिरको चलचित्र कस्तो बन्ला त्यो भने चासोको बिषय रहने छ।-एजेन्सी

Comments

comments