करण भन्छन्, कंगना तिमीले बलिउड छाडेको राम्रो

loading...

बलिउडमा कंगना रनावट र करण जौहर सधै कन्ट्रोभर्सिमा आउने सेलिब्रेटी हुन्। विभिन्न कारणले दुवै मिडियाको गसिपको पात्र बन्ने गरेका छन्।


पछिल्लो समय करण जौहरको टक शो ‘कफी विथ करण’ मा कंगनाले बलिउडमा चलचित्र स्टारका छोराछोरीलाई चिनजानको आधारमा पहिलो चलचित्र प्राप्त हुने बताएकी थिइन्।
सोहि कार्यक्रममा उनले करणलाई पनि सो कुरामा प्रोत्साहन गर्न लागेको संज्ञा दिएकी थिइन्। यहि बिषयमा करणले आफ्नो जवाफ दिएका छन्।

उनले अनुपम चोपडा संगको अन्तर्वार्तामा कंगनालाई बलिउड छाड्न सल्लाह दिएका छन्। उनले भने, ‘सवैको इन्डष्ट्रीलाई हेर्ने आफ्नो नजर हुन्छ त्यो उनको पनि छ। तर म कंगनालाई भन्न चाहन्छु कि अब उनले भिक्टिम कार्ड खेल्न छाड्नुपर्छ।यदि तिमीलाई इन्डष्ट्रीप्रति यति धेरै गुनासो छ भने इन्डष्ट्री छोडेर अरु पेशा किन अपनाउँदिनौ।’-एजेन्सी

Comments

comments