भिडियोमा हेर्नुहोस करिश्माले विनोदलाई दाङ पुगेर के भनेकी थिइन्?

loading...

केहि समय अगाडी मिडियामा करिश्मा मानन्धर र विनोद मानन्धरको सम्वन्धको चर्चा निकै चलेको थियो। सामाजिक संजाल फेसबुकमा पहिलो चरणको स्थानिय निकायको चुनावको ताक उनले फेसवुक मार्फत श्रीमान विनोदलाई निकै मज्जाले गाली गर्न भ्याइन्। दुवैको सम्वन्ध चिसिएको चर्चा समेत चल्यो।

मीडियामा दुवैको सम्वन्ध विग्रिएको चर्चा चलिरहदा करिश्माले त्यसको खण्डन गर्दै हिडीन्। उनले यो कुरामा सत्यता नभएको स्पष्टीकरण दिईन्। केहि समय पछि बिषय मत्थर भयो र करिश्मा चुनावी प्रचारमा लागिन्। नयाँ शक्ति पार्टीको दाङ कार्यक्रममा पुगेर उनले फेरी भाषण गरिन्।

त्यंहा बोलेका कुराहरु फेरी मिडियामा छाए। नकारात्मक प्रतिक्रियाले फेरी उनि विवादमा तानिईन्। उनले विनोदलाई होस्टल वार्डेन देखि गाडी सर्भिस गर्ने सम्म भनेको भनेर समाचार बाहिरिए।
तर यी सवै कुरालाई प्रष्ट पार्न करिश्माले त्यहाको भिडीयो शेयर गरिन्। उनले मिडियालाई आफ्नो गल्ति सच्याउन समेत आग्रह गरेकी छिन्।

Comments

comments