बन्ने भो केकी र नाजिरको ‘राज्जा रानी’

loading...

चलचित्र ‘राज्जा रानी’ को निर्माण घोषणा भएको छ। केकी अधिकारी र नाजिर हुसेन मुख्य भूमिकामा रहने चलचित्रको आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरिएको छ। निर्माण घोषणा संगै चलचित्रको मुहर्त समेत गरिएको छ।मुहर्तमा नाजिर र केकिले सट दिएका थिए।


यम थापाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र फागुन ५ गतेबाट फ्लोअरमा जाने छ। नेपालगंजबाट सुटिङ सुरु गरिने चलचित्रको सुटिङ ३५ दिनमा सकिने सेड्युल राखिएको छ। रमेश एम.के पौडेलको लगानीमा निर्माण हुन लागेको चलचित्रमा नाजिर र केकिको साथमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित लगायतका कलाकारको अभिनय रहने छ।


पुरुषोत्तम प्रधानले छायांकन गर्ने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ।
नाजिरको पछिल्लो रिलिज ‘गाँठो’ र केकिको ‘लाभ सासा’ दुवै चलचित्र व्यवसायिक हिसावले असफल रहेका थिए। नाजिरले भर्खरै ‘तिमि संग’ चलचित्रको छायांकन सकेका छन् भने केकिको ‘घामपानी’ रिलिजको तयारीमा रहेको छ।

पहिलोपटक एकसाथ स्क्रिन शेयर गर्न लागेका यी दुवैको क्यामेष्ट्री कस्तो रहने हो त्यो चै चलचित्र रिलिज पछाडी नै थाहा  होला?

Comments

comments