‘राज्जा रानी’ सुटिङ लगत्तै केकी उडिन् अष्ट्रेलिया, हुनेछैनन् ‘घामपानी’ प्रमोशनमा

loading...

अभिनयमा अब्बल अनि सुन्दर अभिनेत्री केकी अधिकारि पछिल्लो समय चलचित्र क्षेत्रमा निकै व्यस्त छिन्। भर्खरै मात्रा ‘राज्जा रानी’ को सुटिङ सम्पन्न गरेकी केकीको चलचित्र ‘घामपानी’ बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्र प्रदर्शनमा आउन करिव दुई साता मात्रै बाँकी रहेको अवस्थामा केकी भने अष्ट्रेलिया उडेकी छिन्। चलचित्र प्रमोशनको लागि व्यस्त हुनुपर्ने समयमा केकी अष्ट्रेलिया उड्नाले चलचित्रको प्रमोशनमा प्रत्यक्ष असर पर्ने देखिन्छ। पछिल्लो समय नाम चलेका कलाकारहरु चलचित्र प्रमोशनमा त्यति सक्रिय देखिदैनन्।आखिर किन उडिन् त केकी अष्ट्रेलिया?
केहि समय अगाडी नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘लभ सासा’ को अष्ट्रेलिया शोमा सहभागी हुन केकी त्यहाँ पुगेकी हुन्।
‘लभ सासा’ को शो को केहि समय पछी अष्ट्रेलिया हुने ‘घामापानी’ चलचित्रको प्रिमियरको लागि केकी अष्ट्रेलियामा नै रहनेछिन्। यसअर्थमा केकिले चलचित्र ‘घामपानी’ को नेपाल प्रमोशनमा आफ्नो सहभागिता जनाउने छैनन्।

Comments

comments