जब ‘चमेली’ रुपमा डिस्को पुगिन् प्रियंका

loading...

जेष्ठ २६ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘लाल्टिन’ को आईटम गीत सार्वजनीक भएको छ। ‘म त चमेली’ बोलको गीतमा प्रियंका कार्की एक बारमा पुगेर डान्स गरिरहेकी छिन्। निकै बोल्ड अवतारमा प्रस्तुत भएकी प्रियंकाको डान्समा दयाहाङ राई र निर्जन प्रधान झुमिरहेका छन्।

आस्था राउतको स्वरमा रहेको गीतमा किरण माईकलको शब्द र संगीत रहेको छ। देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रिया श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। भानु प्रताप प्रस्तुतकर्ता रहेको चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका छन्।


चलचित्रले एक्सन, कमेडी, रोमान्स, सामाजिक कथावस्तु उठाईएको चलचित्र १ करोड माथिको लगानीमा निर्माण भएको बताईएको छ।

Comments

comments