प्रियंका बिना देखिए दया, यस्तो छ लाल्टिन पोष्टर

loading...

दयाहाङ राई र प्रियंका कार्की मुख्य भूमिकामा रहेको चलचित्र ‘लाल्टिन’ चैत्र १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। यहि दौरान चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोष्टरमा दयाहाङ राई मात्र फिचरिङ छन्। देव कुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता भानु प्रताप रहेका छन्। हरि लामाको छायांकन र भानुप्रताप र किरण माइकलको लेखनमा तयार भएको चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको छ। दयाहाङ राई र प्रियंका कार्कीको साथमा केकी अधिकारि, अर्जुन गुरुङ, रिया श्रेष्ठ,मेलिना मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ। एक करोड माथिको बजेटमा निर्माण भएको बताइएको चलचित्रमा राज कटुवाल र निर्जन थापा नवप्रवेशिको रुपमा रहेका छन्।

Comments

comments