हलमा देखियो दयाहाङ र बर्षाको क्रेज, ‘लप्पन छप्पन’को व्यापार सुखद (भिडियोसहित)

loading...

मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन’ ले दर्शकको सुखद साथ पाएको छ। शुक्रबार बाट रिलिज भएको चलचित्रले दर्शकको राम्रो साथ संगै सकारात्मक प्रतिक्रिया बटुलीरहेको छ।
शुक्रबार ५० प्रतिशत अकुपेन्सी रहेकोमा चलचित्रको शनिबार ८५ प्रतिशत अकुपेन्सी रहेको निर्माण पक्षले जानकारी दिएको छ।

मुकुन्द भट्ट निर्देशित चलचित्र काठमाण्डौका १९ वटा र काठमान्डौ बाहिराका ४५ हलमा प्रदर्शन भैरहेको छ। दयाहाङ राई, बर्षा शिवाकोटी लगायतका कलाकार र चलचित्रको टिम काठमान्डौका विभिन्न हलमा पुगेका थिए।  चलचित्रलाई क्युएफएक्स सिनेमाले १७ शो दिएको छ. शनिवार पाएका प्राय शो हाउसफुल रहेका थिए।


युरोपका बिभिन्न स्थानमा खिचेको दृश्यले दर्शकलाई आकर्षित गरेको छ। ट्रेलर सार्वजनिक भए संगै एक प्रकारको हाईप बनाएको चलचित्र हेर्नको लागि सोहि अनुसार दर्शक हालसम्म पुगेका छन्।

दयाहाङ राई, सौगात मल्ल, बर्षा शिवाकोटी,अर्पण थापा, सिड खरेल लगायतका कलाकार मुख्य भूमिकामा रहेको चलचित्रलाई डम्बर चन्द र विष्णु खरेलले निर्माण गरेका छन्।

Comments

comments