चार दिनमा कति कमायो ‘लप्पन छप्पन’ ले ?

loading...

शुक्रबार बाट प्रदर्शनमा आएको मल्टीस्टारर चलचित्र ‘लप्पन छप्पन’ ले चार दिनमा देशभरबाट डेढ करोड माथिको कमाई गरेको छ। वितारक गोविन्द शाहीका अनुसार चलचित्रले चार दिनमा देशभरबाट एक करोड साठ्ठी लाख कलेक्सन गरेको छ।
वितरक शाहीका अनुसार चार दिनमा फिल्मले मोफसलबाट ५५ लाखको व्यापार गरेको छ ।

यस्तै काठमाण्डौंमा प्रदर्शनको पहिलो दिन शुक्रबार ३२ लाख, दोश्रो दिन शनिबार ४५ लाख, तेश्रो दिन आइतबार १५ लाख र चौठो दिन सोमबार १७ लाखको ग्रस व्यापार गरेको छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, वर्षा शिवाकोटी, अर्पन थापा लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments