पत्रकार नेमिष गौतमको स्वस्थमा सुधार, कलाकार लक्ष्मी गिरीले गरिन् १६ हजार सहयोगको घोषणा

loading...

नागरिक दैनिकमा कार्यरत पत्रकार नेमिष गौतम दुर्घटनामा परि गम्भीर घाईते भएका छन्। फागुन २८ गते राति पत्रकार गौतमलाई वीर अस्पतालको ट्रेमा सेन्टरमा भर्ना गरिएको थियो।


पत्रकार गौतमको टाउकोमा गम्भीर चोट लागेका कारण करिब तीन घन्टा लागेर शल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।


आईसीयुमा राखेर उपचार गरिँदै आएको छ। गौतमको टाउकोमा रगत जमेको थियो।  पत्रकार नेमिष गौतमको उपचारको लागि बरिष्ठ कलाकार लक्ष्मी गिरीले पत्रकार गौतमको सहयोगका लागि १६ हजार सहयोगको घोषणा गरेकी छिन्। नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार- २०७३ बाट कलाकार गिरि सम्मानित भएकी थिइन्। उनले सम्मन स्वरूप पाएको ५६ हजार एक सय एक रुपैया मध्ये उनले १६ हजार पत्रकार गौतमलाई सहयोग गर्ने घोषणा गरिन् भने १५ हजार घुर्मुस- सुन्तली फाउन्डेसनलाई सहयोग गरिन् । त्यस्तै चलचित्र पत्रकार संघ, नेपालले गौतमको उपचारका लागि आवश्यक पर्ने रकम सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Comments

comments