चलचित्र निर्माण टिमले तोक्यो ‘लभ स्टोरी’को मूल्य एक लाख, तपाई पनि सक्नुहुनेछ यो रकम पाउन

loading...

बैशाख १ गतेबाट रिलिज हुन लागेको प्रेममय चलचित्र ‘लभ लभ लभ’ ले आफ्ना दर्शकहरुलाई एउटा नयाँ अफर ल्याएको छ। चलचित्र निर्माण टिमले आफ्ना दर्शकहरुलाई आफ्नो लभ स्टोरी मागेको छ।

प्राप्त लाभ स्टोरी बाट उत्कृष्टले १ लाख रुपैया पुरस्कार पाउने जानकारी गराईएको छ। चैत्र मसान्त सम्म पठाइसक्नु पर्ने लभ स्टोरीमा आफ्नो जीवनको प्रेमको सुरुवात देखि प्रेम प्राप्तिका लागि गरेको संघर्ष लगायतका बिषयलाई समेट्नु पर्ने नियम राखिएको छ।
सुरज पाण्डे र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्रलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका छन्।

Comments

comments