‘म यस्तो गीत गाउँछु’ ट्रेलरलाई प्रशंसा, नेपाल ट्रेन्डिङमा नम्वर १

loading...

चलचित्र ‘म यस्तो गीत गाउँछु’ को ट्रेलरले रिलिज संगै निकै राम्रो तारिफ बटुल्न सफल भएको छ। चलचित्रमा समावेश केहि मन छुने संवादले दर्शकको मन जित्न सफल भैरहेका छन्।

ट्रेलर सार्वजनिकको २४ घण्टा नबित्दै नेपाल ट्रेन्डिङमा १ नम्बरमा पर्ने सफल भएको छ। बर्षको बहुप्रतिक्षित चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन्। पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र असार ३० गतेबाट रिलिज हुने तयारीमा रहेको छ। अर्जुन पोखरेलको संगीत र संजय लामाको सिनेम्याटोग्राफी फिल्मको गीत तथा संगीत हिट भैसकेका छन् भने ट्रेलरले राम्रो प्रशंसा पाइरहेको छ।  पल र पूजासँगै अभिनेता सरोज खनाल, अभिनेत्री रुपा राणा लगायतको अभिनय रहेको छ ।

Comments

comments