पुजा र पल गीत गाउन तयार, सुरु भयो ‘म यस्तो गीत गाउँछु’ को छायांकन

loading...

गएको बर्षको सफल चलचित्र ‘प्रेम गीत’ मा समावेश शिर्ष गीत ‘म यस्तो गीत गाउछु’ ले बजारमा निकै राम्रो चर्चा पायो। चलचित्र हिट बनाउन यो गीतले निकै ठुलो भूमिका खेल्यो। सोहि शिर्ष गीत बाट नाम सापटी लिएर निर्माण तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउछु’ को छायांकन सुरु भएको ।


निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्रमा पल शाह र पुजा शर्मा मुख्य भूमिकामा रहेका छन् ।
बिहिबार राजधानी बाट सुरु भएको छायाकन काठमाडौं हुदै पोखर मुस्ताङ र माथील्लो मुस्ताङ सम्म हुने निर्माण टिमले जनाएको छ। सुटिङको पहिलो दिन कथाका मुख्य पात्र नायक पल शाह, नायिका पूजा शर्मा सहित अभिनेता सरोज खनाल, अभिनेत्री रुपा राणा, कलाकार प्रज्जवल सुजल गिरी र बाल कलाकार सिवानी खातीले टेक दिएका थिए। ४० दिनको सेड्युल लिएर सुटिङमा निस्किएको चलचित्रमा निर्देशक थापा र अभिनेत्री पुजाको लगानी रहेको छ।

Comments

comments