‘पहिला सवैको शत्रु म थिए, अहिले दिपक-दिपा पनि थपिए’- लुट निर्माता माधव वाग्ले

loading...

पछिल्लो समय बजारमा ‘लुट २’ को चर्चा रहेको छ। केहि दिन अगाडी ट्रेलर सार्वजनिक भए संगै यसको चौतर्फी प्रसंशा भैरहेको छ। बर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘लुट २’ लाई माधव वाग्लेले निर्माण गरेका हुन्।

बर्षको अहिले सम्मको सफल चलचित्रको रुपमा दिपक-दीपाको ‘छक्का-पन्जा’ रहेको छ। दर्शकको राम्रो साथ पाएको चलचित्रले रेकर्ड तोड कमाई गरेको छ। यहि कुरालाई इंगित गर्दै ‘लुट २’ निर्माता माधव वाग्लेले नेपाली चलचित्र वृतमा पहिला आफु सवैको शत्रु बनेको र अहिले त्यसमा दिपक-दिपा पनि थपिएको बताएका छन्। उनले पहिला लुट निर्माण र सफलताको कारण आफु सबैको नजरमा शत्रु जस्तै बनेको बताएका थिए।

त्यस्तै उनले आफ्नो चलचित्रले १७ करोड माथि कमाउनु पर्ने समेत बताएका छन्। उनले रेकर्डहरु ब्रेक गर्नको लागि बनाईन्छन् र ‘छक्का पन्जा’ ले बनाएको रेकर्ड ब्रेक गर्ने आफ्नो चाहाना रहेको समेत बताएका छन्।

Comments

comments