‘काले दाई’ कि मालाको भनाई, जीवनसाथी जात मिलेको नै राम्रो

loading...

पछिल्लो समय बजारमा ‘काले दाई’ ले निकै राम्रो चर्चा बटुल्न सफल भएको छ। निश्चल बस्नेत र मिना निरौलाको स्वरमा रहेको गीतमा निश्चल संग मोडल माला लिम्बुले ठुम्का लगाएकी छिन्। बजारमा निकै राम्रो चर्चा बटुल्न सफल माला लिम्बु मिडियामा खासै देखिने गर्दिनन्।  मालाले एक मिडियालाई आफ्नो  पर्सनल लाइफको बारेमा अन्तर्वार्ता दिएकी छिन्।

मालाको जीवनसाथी कस्तो होला भन्ने कौतुहलता धेरैलाई हुन सक्छ। यहि बिषयमा कुरा गर्दै माला भन्छिन्, ‘मेरो जीवनसाथी जस्तुसुकै परिस्थितिलाई सम्हाल्न सक्ने हुनुपर्छ।आफुलाई मात्रै नभएर मलाई र तत्कालिन परिस्थितिलाई सम्हाल्न सक्ने पनि हुनुपर्छ।’

मालालाई पढेको र आफ्नो प्रोफेसन बुझ्ने खालको मान्छे जीवनसाथी बनाउने चाहाना छ। माला थप्छिन्, ‘एकै समुदायको मान्छे भए राम्रो हुन्छ। हुनत् मेरो लागी जुनसुकै जातको मान्छे भए पनि मलाई माया गर्ने र मलाई बुझ्ने मान्छे भए हुन्छ। तर एकै समुदायको भए भाषा संस्कृति मिल्ने भाएकाले अलिक सजिलो हुन्छ।’

Comments

comments