पूर्व मिस नेपाल माल्भिकाको स्पष्टोक्ति, मेरो स्टाटस करिश्माको लागि हैन

loading...

पूर्व मिस नेपाल माल्भिका सुब्बाले आईतबार लेखेको एउटा स्टाटसले सामाजिक संजालमा निकै राम्रो स्थान पायो करिश्मा मानन्धरले निर्वाचनमा मतदान गर्न नपाएकोमा पति विनोद मानन्धर माथि आक्रोश पोखेकी थिइन्। सोहि बिषयलाई लिएर माल्भिका सुब्बाले फेसबुकमा एउटा बिषय संग तुलना गरियो। उक्त स्टाटस करिश्मा माथिको व्यंग समेत भनियो।

अनलाईन मिडियामा उक्त खबर भाइरल बनेपछि माल्भिका सुब्बाले सामजिक संजाल मार्फत नै स्पष्टोक्ति दिएकी छिन्। उनले उक्त स्टाटस करिश्मा मानन्धरको लागि नभएको बताएकी छिन्। सोमबार उनले स्टाटस लेख्दै आफ्नो स्टाटस करिश्मा द मानन्धर प्रति नभएको जनाएकी छिन्।


तर मतदान गर्न नपाएको रिसमा करिश्माले पतिलाई स्टाटस मार्फत आक्रोश पोख्नु र सोहि दिन माल्भिकाले अर्को निर्वाचनसम्म भोटर्स कार्ड बनाउनु भएन र भोट दिनु भएन भने कम्प्लेन गर्दै नबस्नु होला’ भनेर उल्लेख गर्नु दुवै कुरा एक अर्का संग सम्बन्धित छैनन् भन्नु त्यति शोभनिय नसुनिएला की।

Comments

comments