मुसहर वस्तीमा एकमात्रै शिक्षित युवा भन्छन्, ‘धुर्मुस-सुन्तलीले बनाएको बस्तीमा सबैलाई शिक्षित बनाउछु’- मञ्जय सदा(भिडियोसंवाद)

loading...

धुर्मुस-सुन्तली फाउन्डेसन यतिबेला आफ्नो तेश्रो नमुना बस्ती निर्माणको क्रममा रहेका छन्। महोत्तरीको बर्दिवासमा रहेको मुसहर बस्ति निर्माणको शिलान्यास पौष २५ गते बरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका थिए।
बैशाख १ गतेसम्ममा बास्ती निर्माण गरेर हस्तान्तरण गर्न लागि परेका धुर्मुस-सुन्तलीलाई घर संगै समुन्नत समाज बनाउने चुनौती समेत रहेको छ। अशिक्षा, सरसफाईको कमि र चर्को गरिबीको चपेटामा रहेका मुसहरहरु मा एकता र भाईचाराको भावना विकसित गराउनुपर्ने जिम्मेवारी फाउन्डेसन काधमा रहेको छ।


मुसहर बस्ति मा एकमात्र व्यक्ती छन् ,जसले एसएलसी पास गरेका छन्। उनि हुन्, मञ्जय सदा। मञ्जय  यतिबेला कक्षा १२ मा अध्यानरत छन्।

उनि  मञ्जय सदा भन्छन्,’ धुर्मुस-सुन्तलीले बनाएको बस्तीमा एउटा सम्मुनत समाज निर्माण गर्ने प्रयास गर्नेछु। अशिक्षा, वालविवहालाई अन्त्य गर्न अगाडी सर्नेछु।’

कुराकानीको क्रममा जोडिएकी कुन्जना घिमिरे सुन्तली हिजोका दिन सम्झदै भन्छिन,’ हामी पहिलोपटक आउदा मञ्जय सदा घर बाट बाहिर निस्कन लाजाउथे, सवैले स्कुल जान्छ भनेर जिस्क्याउथे। आज मञ्जय यसरि खुलेर कुरा गर्ने भएको छ भने समुदायका हरेकमा यो क्षमता विकास गर्न पक्कै सम्भव हुनेछ।’
उनै ‘मञ्जय सदा’ र कुन्जना घिमिरे ‘सुन्तली’ संग गरिएको गरिएको रमाईलो कुराकानी भिडियोमा प्रस्तुत गरेका छौ।

Comments

comments