लगातार फ्लप चलचित्रमा मेनुका, संख्या मात्रै बढाउने कि गुणस्तरमा नि ध्यान दिने

loading...

चलचित्रमा कलाकार चल्नको लागी धेरै चलचित्र खेल्न आवश्यक ठानिन्न। राम्रो अभिनय गर्ने कलाकारबाट दर्शकले गुणस्तरिय चलचित्रको अपेक्षा गरेका हुन्छन्। बर्षमा एकै कलाकारको धेरै चलचित्र रिलिज हुँदा उस्तै अभिनय र उस्तै हाउभाउको कारण पनि दर्शक कलाकारका सवै चलचित्र हलसम्म हेर्न जान नै हिचकिचाउने गर्दछन्।

नेपाली चलचित्रमा राम्रो अभिनय गर्ने कलाकारको रुपमा चिनिछिन्, मेनुका प्रधान। पर्दामा राम्रो अभिनय गर्ने कलाकारको रुपमा चिनिएकी मेनुका प्रधानको करियर पछिल्लो समय खस्कदो अवस्थामा रहेको छ। अझ भनौ लाइमलाइटमा नआएकी अभिनेत्रीको रुपमा रहेकी मेनुका पछिल्लो समय झन ओझेलमा परेकी छिन्। मेनुका पछिल्लो समय गुणस्तरीय चलचित्र भन्दा पनि संख्यात्मक रुपमा आफ्नो चलचित्र बढाउने प्रयासमा रहेकी छिन्। चलचित्रमा अभिनय गर्न मेनुका यति व्यस्त छिन् की उनि आफुले अभिनय गरेका चलचित्रको प्रोमोशनमा हिड्न समेत फुर्सद पाउदिनन्।

केहि हप्ता अगाडी उनि अभिनित दुई चलचित्र एकसाथ प्रदर्शनमा आए। महिना दुईमहिनाको अन्तरमा पर्दामा एकै कलाकार देखिदा वाक्क हुने दर्शकले मेनुकालाई एकै हप्तामा दुई चलचित्रमा देख्न पाए। तर दर्शकले दुवै चलचित्रमा मेनुकालाई सम्झिएनन्।

रिलिज चलचित्र ‘रातो घर’ पूर्व प्रधानमन्त्री केपी शर्मा देखि देशका विशिष्ट मान्छेहरुलाई देखाईयो। तर चलचित्र सफल हुनको लागि हलसम्म दर्शक पुग्नु पर्ने हो। धेरै दर्शकले रातो घर भित्र छिर्नको लागि आवश्यक ठानेनन् र मेनुकलाई त धेरैले याद गर्न समेत भ्याएनन्।

यता विश्व रेकर्ड राख्ने होडमा वान सटमा खिचिएको चलचित्र ‘जालो’ ले पनि मेनुकाको करियरमा रुमलिएको जालो हटाउन सकेन। समिक्षक बाट सकारात्मक प्रतिक्रिया पाए पनि दर्शकले जालोलाई पनि साथ दिएनन्।

संख्यात्मक रुपमा जति चलचित्रमा अभिनय गरे पनि हिट चलचित्र नदिएसम्म सफल अभिनेत्रीको ट्याग पाउन गार्हो छ। अभिनय कलाले भरिपूर्ण मेनुकाले राम्रो चलचित्र छानेर अभिनय गर्ने तर्फ ध्यान दिए करियर माथी आउन सजिलो हुने थियो कि?

Comments

comments