भारतीय निर्देशकले छाडे ‘मेरो पैसा खोई’, के बन्ला त पुरा चलचित्र?

loading...

चलचित्र निर्माण घोषणा संगै ‘मेरो पैसा खोई’ को चर्चा सिनेनगरीमा खुबी चल्यो। भारतीय निर्देशकले नेपाली चलचित्र निर्देशन गर्ने भनेर निकै राम्रो चर्चा कमाएको चलचित्रमा चर्को पारिश्रमिक लिएर बर्षा राउत अनुबन्धित भएको खबर बाहिरियो। अभिनेत्री राउतको प्रवेश लगत्तै अर्की अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र नै छाडीन्। उनले आफुलाई मुख्य भूमिका भनेर सहायक भूमिकामा खेलाउन चाहेको कारण देखाउदै चलचित्र छाडीन्। उनि पछी छुल्ठिम गुरुङलाई लिएर चलचित्रको छायांकन सुरु भयो।


तर १६ दिन सम्मको छायांकन पश्चात निर्देशक विवेक शर्मा चलचित्र छाडेर नै भागेका छन्। निर्माता रोजका अनुसार १६ दिनसम्म गरिएको सुटको सवै फुटेज डिलिट गरेर विवेक भारत भागेका हुन्।
शर्मा र राणाले आ–आफ्नो कम्पनीको नाममा नेपालमा फिल्म दर्ता गरेका थिए । तर, शर्मा भागेपछि राणाले चलचित्र विकास बोर्डमा आफ्नो कम्पनी रेडान्स फिल्म प्रा.लि.मा सिनेमा दर्ता गरेका छन् ।

विवेकले बलिउड कलाकार जुही चावला, राजपाल यादव लगायतलाई केमीयो रोलमा खेलाउने भन्दै पैसा लागिसेको तर उनले कलाकार नेपाल बोलाउन नसकेको रोज बताउछन्। विवेक चलचित्र छाडेर हिडेपछी रोज स्वयमले चलचित्रको निर्देशन गरिरहेका छन्

Comments

comments