को हुन् मिस नेपाल दावेदार मानिएकी नीति शाह?

loading...

हरेक बर्ष हुने महिला सौन्दर्य प्रतियोगीता मिस नेपालको चर्चा र विवाद सधै रहने गर्दछ। पछिल्लो समय मिस नेपालले सकारात्मक भन्दा पनि नकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।  पछिल्लो वर्षहरुमा मिस नेपाल नेवार समुदायबाट मात्रै हुने गरेको आलोचन मिस नेपाल आयोजकले भोग्दै आएका थिए।

तर यो बर्ष मारवाडी समुदायकी निकिता चान्डकले मिस नेपालको ताज पहिरिन्। तर यो वर्ष पनि मिस नेपाल विवादरहित रहन सकेन। भारतमा बसेर अध्ययन गर्दै आएकी निकितालाई धेरैले भारतीय भनेर विरोध गरे। अझ यो बर्षको लागि मिस नेपालको दावेदारको रुपमा हेरिएकी नीति शाहले मिस नेपालको ताज पहिरिन असफल भएपछी पनि यो बर्षको मिस नेपालको सामाजिक संजालमा चर्को विरोध हुदै गएको छ। खास गरि सामाजिक संजालमा रहेका ग्रुपहरुमा नीतिलाई मिस ननेपाल विजेताको रुपमा हेरिएको थियो।  तर नीतिले सेकेन्ड रनरअपमा चित्त बुझाएकी छिन्।

को हुन् त नीति शाह?
काठमान्डौमा जन्मिएकी नीति शाह ५ फिट ६ इन्च अग्ली छिन्। रिटायर्ड सैनिक बाबु र शिक्षिका आमा कि एक्ली छोरी हुन्, नीति। सामाजिक संजाल प्रयोगकर्ताहरुमाझ नीति परिचित मुहार हुन्। नेपाली सुन्दर मुहार भएका महिलाहरुमा गनिने नीति ‘फेस अफ हाउस अफ फेसन’ फर्स्ट रनरअप हुन्। १६ बर्षको उमेरमा मोडलिङ सुरु गरेकी नीति धेरै म्यागजिन कभरमा देखीईसकेकी छिन्। म्यागजिन कभरको साथमा धेरै विज्ञापन र फेसन रनवे मा नीतिलाई देख्न सकिन्छ।
सितास्मा चन्दले मिस नेपालको ताज पहिरिएपछी मिस नेपाल बन्ने चाहना बोकेकी नीतिको मिस नेपाल बन्ने सपना भने पुरा भएन। रामो चलचित्रमा प्रस्ताव आएमा अभिनय गर्न पछी नपर्ने बताउने नीति समाजसेवामा पनि रुची राख्ने गर्दछिन्।

Comments

comments