सत्याकृत व्याण्डको नयाँ गीत सार्वजनिक

loading...

सरल जीवनमा लुकेको जीवनको रहस्य र मिठास बताउन खोजिएको सत्याकृत व्याण्डको नयाँ गीत ‘तिम्रै भक्तिको चन्दन लगाइ’ को भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतको भिडियोको छायाँकन पोखरा, धरान, बुटवल, इलाम, इटहरी, झापा लगायतका स्थानमा गरिएको छ। पूर्विय र पाश्चत्य बाध्यबाधनहरुका साथमा पूर्विय शास्त्रिय लोक, रक र फ्यूजन शैली यो गीतमा प्रयोग गरिएको छ ।

Comments

comments