नम्रताको फरक दूई लुक्स, कस्तो होला ‘पर्व’मा उनको भूमिका?

loading...

चैत्र २५ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘पर्व’ का केहि तस्विर सार्वजनिक गरिएको छ। ४० दिन लगाएर छायांकन सम्पन्न गरिएको चलचित्र कुनै एक पर्वमा घटेको घटना र त्यसपछि उत्पन्न भएका घटनाक्रमलाई सस्पेन्स शैलीमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ। पहिलोपटक सार्वजनिक तस्विरमा नम्रता श्रेष्ठका फरक दुई लुक्स देखाईएको छ।


सार्वजनिक तस्विरमा अभिनेत्री श्रेष्ठ कतै मायालु त कतै आक्रामक देखिएकि छिन्।


सफल चलचित्र निर्देशन गर्दै आएका निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रमा नम्रता श्रेष्ठ, कोशिस क्षेत्री, माला लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।


निर्देशक राउतले भने–‘हामीले एउटा रोचक कथामा दर्शकले पूर्ण रुपमा बाध्ने गरि चलचित्र बनाएका छौ । यसपटक, दर्शकले केहि फरक स्वाद पाउनुहुनेछ ।’

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कोशिश क्षेत्रीको संगीत छ । गोपिकृष्ण मुभिजको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।
चलचित्रको ‘काले दाई’ बोलको गीतले बजारमा निकै राम्रो प्रभाव कायम गर्न सफल भएको छ।

Comments

comments