के सकिएको हो नम्रताको स्टारडम ?

loading...

अभिनेत्री नम्रता श्रेष्ठ अब्बल अभिनयको लागी माहिर मानिन्छिन्। पर्दामा जीवन्त अभिनय गर्नसक्ने अभिनेत्रीको रुपमा नम्रतालाई लिइन्छ। रोमान्टिक अभिनेत्रीको रुपमा परिचित नम्रताले सन् २००८ मा सानो संसार चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी थिइन्।

आलोक नेम्बाङले नेपाली चलचित्र क्षेत्रमा नम्रतालाई भित्र्याएका थिए। सन् २००९ मा रिलिज भएको चलचित्र ‘मेरो एउटा साथी छ’ चलचित्रले नम्रताको करियरमा निकै माथी पुर्यायो। बर्षमा एउटा मात्रै चलचित्रमा अभिनय गर्न रुचाउने नम्रता पछिल्लो समय दिनेश राउत निर्देशित चलचित्रमा सफल बनेकी छिन्। उनले अभिनेता आर्यन सिग्देल संग स्क्रिन शेयर गर्दै ‘नोभेम्वर  रेन’ र ‘क्लासिक’ जस्ता हिट चलचित्र दिईन्।

नम्रताको अभिनय र उनको सुन्दरता दुवैले मोहित बनेर दर्शक उनका चलचित्र हेर्न हलसम्म जाने गर्दछन्। नम्रताको पछिल्लो रिलिज चलचित्र ‘पर्व’ हो। नम्रता श्रेष्ठ र कोशिश क्षेत्री मुख्य भूमिकामा रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका थिए। तर चलचित्रमा नम्रताको स्टारडमले काम गरेन। चलचित्र अपेक्षा गरेअनुसारको सफल हुन सकेन। दिनेश राउतले आफ्नो कम्फर्ट क्षेत्र भन्दा बाहिर रहेर यो चलचित्र निर्देशन गरेका थिए।

रोमान्टिक जनाराको चलचित्र बनाउन माहिर दिनेशले सस्पेन्स थ्रिलर चलचित्र निर्माण गरेका थिए। अनि सधै रोमान्टिक भूमिकामा देखिने नम्रता पनि फरक भूमिकामा देखिएकी थिइन्। तर दुवैको नौलो प्रयासलाई दर्शकको सोचे अनुसारको साथ मिलेन र चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन।

‘पर्व’ पछि नम्रता यतिवेला खाली बसेकी छिन्। दिनेश राउतले चलचित्र ‘टकिला सनराइज’ निर्माण गर्ने चर्चा चलाईए पनि त्यो औपचारिक घोषणा भएको छैन।

यसै कम चलचित्रमा काम गर्ने नम्रताको पछिल्लो चलचित्र व्यावसायिक हिसावले असफल भएको अवस्थामा उनको स्टारडम कमजोर भएको चर्चा सिने नगरीमा यतिबेला चलिरहेको छ। अब नम्रताको स्टारडम कमजोर बनेको भनेर चर्चा चलिरहेको बेला उनको आगामी चलचित्र कस्तो बन्ने हो त्यसले पनि उनले चलचित्र करियरमा निकै ठुलो हलचल ल्याउने भने पक्का छ।

Comments

comments