न लुक्न सक्यो न खुलेर नै अगाडी आयो, कस्तो छ नम्रताको प्रेम जीवन? (तस्विर र भिडीयो)

loading...

अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो अभिनय कलाले सवैलाई मोहित पार्न सफल भएकी छिन्। बर्ष दिनमा एक मात्रै चलचित्रमा काम गर्न रुचाउने नम्रता पछिल्लो समय ‘पर्व’ चलचित्रमा व्यस्त छिन्। जेठ १२ गते रिलिज हुने चलचित्रको ट्रेलर रिलिज भएको छ। राजधानीको दरवारमार्ग स्थित क्युज सिनेमा हलमा भएको ट्रेलर रिलिज कार्यक्रममा चलचित्रको सम्पूर्ण टिम उपस्थित थियो।

अभिनेत्री नम्रता श्रेष्ठ सदा झैँ यो कार्यक्रममा पनि आफ्नो प्रेमी संग उपस्थित थिईन्। पछिल्लो समय उनि दावा शेर्पा संग प्रेममा छिन्। हरेक जसो सार्वजनिक कार्यक्रममा यी दूई साथ पुग्ने गर्दछन्।

दुवै एकसाथ पुगे पनि मीडिया सामु भने दुवै यो बिषयमा कुरा गर्न चाहादैनन्। केहि समय अगाडी सम्म क्यामेरा आफूतर्फ तेर्सिदा टाढिने दावा आजकल भने पोज दिन पछी पर्दैनन्।


मिडिया संग कुरा गर्न दावा तर्कन्छन् भने नम्रता पर्सनल बिषय भन्दै कुरा गर्न पन्छिनछिन्। दावा भन्दा आगाडी पनि नम्रता अरु युवा संग प्रेममा रहेकि थिइन्।

अभिनेता रेमनदास श्रेष्ठ संग प्रेममा रहेकी नम्रता सेक्स स्क्यान्डलमा मुछिएपछी उनिको प्रेम टुटेको थियो। निकै समय कन्ट्रोभर्सिमा फसेकी उनि अहिले भने विवाद रहित छिन्।

अभिनय कलाले मोहित पार्न सफल सुन्दर अभिनेत्री नम्रता श्रेष्ठ आफ्नो प्रेम जीवन न लुकाउन सक्छिन न खुलाउन नै चाहन्छिन् ।

Comments

comments