प्रियंका चोपडाकी आमा संग निरुताको निकटता

loading...

नेपाली चलचित्र क्षेत्रको कुनै समयको सफल नाम हो निरुता सिहं। अभिनेत्री सिंहले धेरै सफल चलचित्रमा अभिनय गरेकी छिन् ।  धेरै चलचित्र सुपर हिट बेनका छन् अभिनेत्री सिंहका।

तर नेपाली चलचित्र क्षेत्रमा स्थापित हुदा हुदै उनि पलायन भईन् ।  यतिबेला दार्जिलिङमा रहेकी निरुताले नेपाली चलचित्र खेल्ने चर्चा चलाईए पनि त्यो चर्चामा मात्रै सिमित भएको छ। उनि नेपाली चलचित्रमा त सक्रिय छैनन् तर धेरै समय पछि नेपाली मिडियामा छाएकी छिन्। उनले बलिउड अभिनेत्री प्रियंका चोपडाकी आमा मधु चोपडा संग खिचाएको तस्विर इन्स्ट्राग्राममा शेयर गरेकी छिन्। उनले लेखेकी छिन्,’ तपाईलाई सधै नै भेट्दा म निकै आभारी हुने गर्दछु। ‘

निरुताले पोष्ट गरेको तस्वीर हेर्दा मधु संग उनि निकै निकट रहेको बुझ्न सकिन्छ। प्रियंका चोपडा विभिन्न भाषाका चलचित्र निर्माणमा सक्रिय छिन्। कतै यो निकटता प्रियंकाको कुनै चलचित्रमा निरुता रहने सम्भावनाको प्रतिक त हैन भन्ने अनुमान लगाउन सकिन्छ। अब निरुता प्रियंकाको कुनै चलचित्रमा देखिदैछिन् अथवा यो उनको मधु संगको निकटता हो ? त्यो पछि नै थाहा होला।

Comments

comments