यस्तो छ नीताको ‘रेस’ पोस्टर र टिजरमा

loading...

अभिनेत्री नीता ढुंगाना मुख्य भूमिकामा रहेको चलचित्र ‘रेस’ को टिजर र पोष्टर सार्वजनिक भएको छ। म्युजिकल टिजरमा अभिनेत्री नीता ढुंगाना , पुष्पा लिम्बु र विशाल रेग्मीलाई फिचारीङ गरिएको छ।

नयाँ बर्षको आसपास रिलिज गर्ने तयारीमा रहेको चलचित्रलाई किशोर सुब्बाले निर्देशन गरेका छन्। गाउबाट आफ्नो करियर बनाउन राजधानी छिरेका युवाको संघर्षको कथालाई चलचित्रमा उतारिएको छ। निर्देशक सुब्बाको कथा रहेको चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद रहेको छ।


चलचित्रमा नीता ढुंगाना, किरण केसी, सुलेमान शंकर, पुष्पा लिम्बु, बिशाल रेग्मी लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्।
विशाल थेवे, हेमन्त गौतम र चन्द्र लिम्बूले निर्माण गरेको चलचित्रमा गोबिन्द राईको कोरियोगाफ्री रहेको छ।

Comments

comments