न्ह्रयू,कालिप्रसाद र इन्दिराले छान्नेछन् ‘नेपाल आइडल’

loading...

विश्वका धेरै देशमा लोकप्रिय बनेको आईडल श्रृङ्खला अव नेपालमा सुरु हुने भएको छ। आईडलको मापदण्डलाइ पुरा गर्ने गरि ‘नेपाल आईडल’ सुरु हुने आईतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराईयो।


चाडै नै प्रसारणमा आउन लागेको ‘ए.पी १’ टेलिभिजन मार्फत कार्यक्रम प्रसारण हुनेछ। अन्तराष्ट्रिय फ्रेन्चाइज प्राप्त यो कार्यक्रमको अडिसन चाडै सुरु हुनेछ। नेपाल आईडलको अडिसनमा नेपाल भित्र र बाहिराका नेपाली नागरिकता भएका १६ देखि ३० बर्ष सम्मका नेपालीले सहभागिता जनाउन पाउनेछन्।
नेपाल आईडलको अडिसन नेपालगञ्ज, बुटवल, नारायणगढ, विरगंज, विराटनगर, पोखरा र काठमाण्डौमा हुनेछ । अडिसनका लागि तोकिएको स्थानभित्र बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म उपस्थित हुनुपर्ने आयोजकले बताएको छ ।
यो शोको विजेताले महिन्द्रा केयुभी वान ओ ओ, २० लाख नगद पुरस्कार र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्बमको करार पनि प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा व्यवसयिका गायक गायिकाले समेत भाग लिन पाउने जानकारी गराईयो। संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी निर्णायकको रुपमा रहने शो बढीमा ३२ भाग सम्म संचालन हुने जानकारी गराईयो।

तस्विर: नेपाल आइडलको फेसबुक पेजबाट

 

Comments

comments