‘भ्रम’ फैलाउदै हलमा कर्मा

loading...

आज शुक्रबार बाट कर्मा र भिन्तुना जोशी मुख्य भूमिकामा रहेको चलचित्र ‘भ्रम’ रिलिज भएको छ। सिंगल हाल लक्षित चलचित्र प्रेत आत्माको कथामा निर्माण भएको छ।


मल्टिप्लेक्स मा आमिर खान अभिनित चलचित्र ‘दंगल’ ले दर्शकको राम्रो साथ पाईरहेको बेला ‘भ्रम’ को प्रदर्शन कस्तो रहने हो त्यसको नतिजा चाडै देखिने छ। नेपाली चलचित्रको लागि एउटा परिचित नाम कर्माले आफ्नो परिचय अनुसारको सफल चलचित्र दिन सकेका छैनन्। उनि एउटा त्यस्तो सफल चलचित्रको पर्खाइमा छन् जसको श्रेय पाएर उनि माथि आउन सकुन। त्यसो त ‘भ्रम रिलिजको पाच दिन पछी नै पौष २८ गतेबाट उनि अभिनित अर्को चलचित्र ‘लाभ सासा’ रिलिज हुने तयारीमा छ। अब कुन चलचित्रले कर्मालाई सफलताको स्वाद चखाउने हो? त्यो भने हेर्न बाकि छ।
श्याम ल्वागुना र सुरेश गमालको निर्माणमा बनेको चलचित्रलाई रविन्द्र शाहीले निर्देशन गरेका छन्।

भ्रम अभिनेत्री भिन्तुना जोशी संग गरिएको कुराकानी

Comments

comments