प्रेम सम्वन्ध असफल भएका अविवाहित पाँच नेपाली अभिनेत्रीहरु

loading...

नेपाली अभिनेत्रीहरुको प्रेम चर्चा निकै चल्ने गरेको छ। धेरैको प्रेम सम्वन्ध सार्वजनिक रुपमै रहने गर्दछ भने कतिको प्रेम सम्वन्ध सार्वजनिक हुदैन। आज हामि प्रेम सम्वन्ध असफल भएका केहि अभिनेत्रीहरुको बारेमा चर्चा गर्न लागिरहेका छौ।

१.नीशा अधिकारी


सुन्दर अभिनेत्री निशा अधिकारीले व्यावसायिक हिसावले सफल चलचित्र दिएकी छैनन्। तर पनि निशा विभिन्न कारणले चर्चामा आउने गर्दछिन्। हिमाल चढ्ने देखि कपाल खौरिने सम्मका प्रकरणले चर्चामा आएकी नीशा क्रिकेटर शरद भेष्वाकर संगको प्रेम सम्वन्धले चर्चामा रहिन्। नीशा स्वयंमले शरद संगको प्रेम सम्वन्ध सार्वजनिक गरेकी थिइन्। तर नीशाको प्रेम सम्वन्ध त्यति धेरै समय टिक्न सकेन र यतिबेला उनि सिंगल लाईफ बिताईरहेकि छिन्।

२. नीता ढुंगाना


अभिनेत्री नीता ढुंगाना र अभिनेता आमेश भण्डारीको प्रेम चर्चा निकै चर्चित छ। एक अर्का बिना बाच्ने नसक्ने सम्मका सार्वजनिक टिप्पणी दिदै हिड्ने यी दुईको प्रेम सम्वन्ध पनि टिक्न सकेन। चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ मा एकसाथ देखिएको यो जोडीको चलचित्र मात्रै असफल बनेन दुवैको प्रेम जीवन पनि असफल बन्यो। दुवैले एकअर्कालाई करिव चार वर्ष डेट गरेका थिए।

३. मलिना जोशी


पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी अभिनेता अनुप विक्रम शाही संग प्रेमम रहेकी थिइन्। दुवैले सार्वजनिक रुपमा नै प्रेमको स्विकार गरेका थिए। अनुप संग विवहाको प्लान समेत बनाइसकेकी मलिनको त्यो सपना पुरा भएन। दुवैको व्रेकअप भैसकेको छ र दुवैजना नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका छन्।

४. ऋचा शर्मा


अभिनेत्री ऋचा शर्मा र अभिनेता विनय श्रेष्ठको प्रेम सम्वन्ध पनि निकै चर्चित रहेको थियो। निकै लामो समयसम्म चलेको यी दुईको प्रेम चलचित्र ‘भिजा गर्ल’ को समयमा आएर तोडिएको थियो। अभिनेत्री ऋचा स्वयमले सम्वन्ध सकिएको घोषणा गरेकी थिइन्।

५. नम्रता श्रेष्ठ


अभिनेत्री नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री हुन्। नम्रता र अभिनेता रेमन दास श्रेष्ठ प्रेम सम्वन्धमा रहेका थिए। तर यी दूइको प्रेम जीवन पनि सफल हुन सकेन। डिजे तान्त्रिक संगको सेक्स भिडियो पछी यी दूइको सम्बन्ध सकिएको बताईन्छ। यतिबेला नम्रता दावा शेर्पा संग प्रेममा रहेकी छिन्।

Comments

comments