रेखाको साथमा अयुव लिदैछन् मजा, युवराजले भरे यस्तो सुमधुर आवाज (भिडियोसहित)

loading...

सुवास कोईरालाको निर्देशनमा बनेको चलचित्र ‘पलाँस’ को नयाँ गीत सार्वजनिक भएको छ।  रेखा थापा र अयुव केसी फिचरीङ रहेको ‘तिमि साथ हुँदा’ बोलको गीत सार्वजनिक भएको हो।


युवराज चौलागाईको आवाजमा सजिएको गीतमा अर्जुन पोखरेलको संगीत र दयाराम पाण्डेको शब्द रहेको छ। निकै सुन्दर बनेको गीतको भिडीयोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

चैत्र १८ गतेलाई रिलिज मिति तय गरेको चलचित्रलाई कृषा चौलागाईले निर्माण गरेकी छिन्। एक पछी अर्को चलचित्रमा निकै व्यस्त रहेको रेखा यो चलचित्रमा कोठीमा काम गर्ने एक युवतीको भूमिकामा प्रस्तुत भएकी छिन्।

Comments

comments