ऋचा र अर्पणको ‘आधा लभ’ जेठ २६ मा

loading...

पछिल्लो समयमा नेपालका चर्चित नायिकाहरु चलचित्र निर्माण तर्फ होमिन थालेका छन् । फुर्सदिली नायिकाको रुपमा रहेकी ऋचा शर्मा द्धारा निर्मित चलचित्र ‘आधा लभ’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौँमा आयोजीत एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो ।

अभिनेता अर्पण थापाको लेखन र निर्देशनमा रहेको चलचित्र लगभग एक बर्ष पछि तयार भएको कार्यक्रममा बोल्दै ऋचाले बताइन् । चलचित्रमा ऋचा र अर्पण मुख्य भुमिकामा रहेका छन् भने टिका पहारी, मिथिला शर्मा, रेमनदाश श्रेष्ठ, रोजिशा शाही लगायतका कलाकारको अभिनय रहेको छ । पछिल्लो समय ऋचा चलचित्रबाट केहि टाढा छिन् । उनि द्धारा अभिनित चलचित्र लुट –२ प्रदर्शनमा आएता पनि उनको अभिनय सम्झिन लायकको थिएन । चलचित्र  ‘आधा लभ’ मार्फत ऋचा निर्मात्रीको रुपमा चिनिने भएकी छिन् । चलचित्र जेठको २६ गते अल नेपाल रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

Comments

comments