सन्नी र छुल्ठिमले बुझ्न नसकेको एकअर्काको माया (भिडियो)

loading...

जेठ ५ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘डायरी’को नयाँ गीत सार्वजनिक भएको छ। डल्ली उर्फ छुल्ठिम गुरुङ्ग र नव-नायक सन्नी सिंह फिचरीङमा रहेको ‘कस्तो हो यो’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा सुगम पोख्रेल र रजीना रिमालको आवाज रहेको छ।  ‘नोभेम्बर रेन’ चलचित्र डल्ली पात्रमा निकै रुचाईएकी छुल्ठिमको यो दोश्रो चलचित्र हो। आफ्नै लगानीमा चलचित्र क्षेत्रमा पुन कमब्याक गरेकी छुल्ठिमको चलचित्र कस्तो बनेको छ त्यो भने प्रतिक्षाको बिषय बनेको छ।
चलचित्रमा अभिनेत्री रेखा थापालाई पहिलोपटक भिलेन अवतारमा प्रस्तुत गराईएको छ। अनिल योन्जनको निर्देशनमा बनेको चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको छ।

Comments

comments