टर्यो ‘पर्व’ रिलिज डेट, अव चैत्रमा आउनेछैन सिनेमाघरमा

loading...

निश्चल बस्नेत र मिना निरौलाको आवाजमा रहेको गीत ‘काले दाई’ ले निकै राम्रो चर्चा कमायो। निश्चल बस्नेतले माला लिम्बु संग लगाएको ठुक्माले दर्शकको मन जित्न सफल भयो।


चैत्र २५ गतेलाई रिलिज मिति तय गरेको चलचित्रको रिलिज मिति सरेको छ। नम्रता श्रेष्ठ र कोशिस क्षेत्री मुख्य भूमिकामा रहेको चलचित्र जेठ १२ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन हुनेछ।
पोष्ट प्रोडक्सनको काम नसकिएको र प्रचारको लागि पर्याप्त समय नभएको हुनाले चलचित्रको रिलिज मिति सार्नु परेको निर्माण पक्षले जनाएको छ।
टिभी फिल्मी र सुवास ईन्टरटेन्मेन्टको संयूक्त लगानीमा निर्माण भएको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्।

Comments

comments