छुल्ठिमको ‘डायरी’ ट्रेलरमा रेखा थापा भिलेन (ट्रेलरसहित)

loading...

नोभेम्बर रेन चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा उदाएकी डल्ली उर्फ छुल्ठिम गुरुङको नयाँ चलचित्र ‘डायरी’ को ट्रेलर सार्वजनिक भएको छ।

चलचित्रमा रेखा थापा, नव-नायक सन्नी सिंह र छुल्ठिम गुरुङ मुख्य भूमिकामा रहेका छन्। रिभेन्ज लभ स्टोरी कथा बोल्ने चलचित्रको ट्रेलर बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको छ।
अनिल योन्जनको निर्देशनमा तयार भएको चलचित्रमा भिलेन अवतारमा रेखा थापालाई प्रस्तुत गरिएको छ। छेतन गुरुङको लेखन रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन रहेको छ।

नोभेम्बर रेन चलचित्रको सफलता संगै चलचित्र क्षेत्रबाट टाढा रहने घोषणा छुल्ठिमले गरेकी  थिइन्। तर उनले दर्शकले दिएको माया र साताको कारणले गर्दा आफु चलचित्र क्षेत्रमा फर्किएको बताएकी छिन्।

आफ्नो ब्यानर भन्दा बाहिरका चलचित्रमा पछिल्लो समय नदेखिएकी रेखाको लगातार दूईवटा चलचित्र होम प्रोडक्सन भन्दा बाहिरबाट आएका छन्।  उनि अभिनित ‘पलाँस’ रिलिज भैसकेको छ भने ‘डायरी’ जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ।
रेखा अभिनित ‘पलाँस’ ले आशातीत व्यापार गर्न सकेन। सिंगल थिएटरमा निकै राम्रो पकट रेखाको मानीए पनि सोलो रिलिज पाएको पलाँस त्यति सफल हुन सकेन। होम प्रोडक्सनको चलचित्रमा निकै राम्रो सफलता हासिल गर्ने रेखालाई बाहिरी प्रोडक्सनको चलचित्र त्यति सफल रहेन। यहि भिडमा छुल्ठिम गुरुङ र अनिल योन्जनको संयुक्त लगानी रहेको चलचित्र ‘डायरी’ कस्तो रहने हो त्यो पनि सोचनीय बिषय रहन सक्छ।

Comments

comments