रेखा र सविनको एक्सनमा यस्तो बनेर आयो ‘हिरो रिटर्न्स’ को टिजर

loading...

नयाँ बर्षको अवसर पारेर चलचित्र ‘हिरो रिटर्न्स’ को टिजर सार्वजनिक गरिएको छ।नायक सविन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको टिजरमा एक्सनलाई महत्व दिईएको छ। सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्र सविन श्रेष्ठ र रेखा थापाको एक्सन देखाईएको छ भने अभिनेता सरोज खनाललाई भिलेनको रुपमा देखाईएको छ।चलचित्रमा नायिका रेखा थापा, नायकद्धय सविन श्रेष्ठ र दिल श्रेष्ठको मुख्य भूमिका छ ।

चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपानेको लगानी रहेको चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका छन्। अमित श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई मदनकाश्यप घिमिरेले खिचेका छन्।

कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा टंक वुढाथोकीले संगीत भरेका छन्। चलचित्रमा शिवम् अधिकारीको कथा, पटकथा तथा संवाद र चन्द्र पन्तको एक्सन रहेको छ। चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

Comments

comments