कति सुहायो पल र आँचलको जोडी (भिडियोसहित)

loading...

पल शाह र आँचल शर्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत सार्वजनिक गरिएको छ।
आईतबार काठमान्डौमा पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रमा समावेश ‘तिमि विना मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा चलचित्रका मुख्य कलाकार पल र आँचल फिचरीङमा रहेका छन्। हर्कुलस बस्नेतको शब्द र आवाज रहेको गीतमा हर्कुलस बस्नेत, बृजेश श्रेष्ठ र सचित शाक्यको संगीत रहेको छ।

योर स्टाईल पिक्चर्स र एजी इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रलाई नितिन चन्दले निर्देशन गरेका छन्।
चलचित्रको गीत रिलिज संगै चलचित्रको रिलिज मिति समेत तय गरिएको छ। आगामी बर्षको जेठ १९ गते चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउनेछ।

Comments

comments