‘म यस्तो गीत गाउँछु’ को अडियो जुकबक्स रिलिज, यस्ता गीत समावेश छन् चलचित्रमा

loading...

असार ३० गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा समावेश गीतहरुको अडियो जुकबक्स रिलिज भएको छ। चलचित्रमा समावेश सम्पूर्ण गीतको अडियो सार्वजनिक गरिएको हो।

चलचित्रमा समावेश तीन गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ। चलचित्रमा उनले तीन फरक लय र फरक स्वादका गीतहरु तयार पारेका छन्। चलचित्रमा समावेश ‘भन्छु आज’ बोलको गीतको भिडियो समेत सार्वजनिक भैसकेको छ। सार्वजनिक गीतको भिडियोले निकै राम्रो प्रतिक्रिया बटुलीरहेको छ । गीतमा अन्जु पन्त र सुगम पोख्रेलको आआज रहेको छ। त्यस्तै चलचित्रमा समावेश अर्को गीत ‘कहाँ छ र’ मा प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको छ। दिग्गज धरौलिले गीतकशब्द कोरेका छन्।
त्यस्तै अर्को डान्सिङ बिटको नम्बरमा ‘किन आजकल तिम्रो मन’ मा संगीतकार अर्जुन पोख्रेलको नै आवाज रहेको छ भने गीतमा अम्बिका शर्माको शब्द रहेको छ। सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई संजय लामाले खिचेका छन्।

Comments

comments