कामुक दृष्यले भरपुर ‘मन्दिरा’ गीत (भिडियो)

loading...

असार २३ गतेलाई रिलिज मित तय गरेको चलचित्र ‘मन्दिरा’ को गीत सार्वजनिक गरिएको छ। एकै घर भित्र छायाँकन गरिएको भनेर चर्चामा आएको चलचित्रको गीतमा निकै हट दृष्यहरु समावेश गरिएको छ। देव कोईमी राई र अन्जली राईको आवाज रहेको गीतमा देव कोईमीको संगीत रहेको छ। सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द रहेको छ।

काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो। दिपेश सापकोटाको निर्देशन रहेको चलचित्रमा नरेन खड्का, जेवी डिसी, प्रणव भुषाल, लक्ष्मी बस्नेत, राजन ढुंगाना, विनि पोख्रेल, विनिता ओली लगायतका कलाकारको अभिनय रहेको छ।
करुणा अर्याल र उज्ज्वल अर्याल निर्माताको रुपमा रहेको चलचित्रमा सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन्।

Comments

comments