के छ नम्रता र कोशिसको ‘पर्व’ भित्र ? (भिडियो)

loading...

जेठ १२ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘पर्व’ को ट्रेलर सार्वजनिक भएको छ। नम्रता श्रेष्ठ र कोशिस क्षेत्री मुख्य भूमिकामा रहेको सपेन्स थ्रिलर चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आइतबार सार्वजनिक गरिएको हो।

मोक्ष चलचित्र मार्फत डेव्यु गरेका गायक कोशिस क्षेत्रीलाई लेखकको रुपमा ट्रेलरमा देखाईएको छ भने नम्रता कोशिसको प्रेमिकाको रुपमा देखिएकी छिन्।
निकिता पौडेल र सुवास गिरीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्। चलचित्रमा नम्रता र कोशिसको साथमा माला लिम्बु, जेविका कार्की, प्रिया रिजाल लगायतका कलाकारको अभिनय रहेको छ।

दिनेश राउतलाई लभ स्टोरी जनाराको चलचित्रमा निकै अब्बल मानिन्छ। ‘क्लासिक’, ‘नोभेम्बर रेन’ जस्ता सफल चलचित्र बनाएका राउत यसपटक भने आफुले निर्देशन गरिरहेको जनरा भन्दा फरक जनारको चलचित्र निर्देशनमा हात हालेका छन्।

केहि समय अगाडी चलचित्रमा समावेश ‘काले दाई’ बोलको गीतले बजारमा निकै राम्रो प्रतिक्रिया बटुलेको थियो। माला लिम्बु र निश्चल बस्नेत फिचरीङमा रहेको गीतले निकै राम्रो हाईप बनाउन सफल भएको छ।

 

Comments

comments