यी बलिउड सेलिब्रेटी जो विभिन्न कारणले बने मजाकको पात्र

loading...

सेलिब्रेटीको हरेक सानो सानो कुराको चासो आम दर्शकलाई सधै हुने गर्दछ। हरेक मानिसमा कुनै न कुनै कमजोरी रहेको हुन्छ। कोहि आफ्नो कमजोरीलाई सम्हाल्न सक्दैनन् भने कोहि त्यहि कमजोरीलाई शक्ति बनाएर जीवनमा अगाडी बनेका हुन्छन्। धेरै आफ्नो कमजोरीको कारण मजाकको पात्र बनेका छन्। आज हामि ती बलिउड सेलिब्रेटीको चर्चा गर्न लागिरहेका छौ जसले मजाकलाई शक्ति बनाएर आज बलिउडमा चर्चित बनेका छन्।

१ प्रियंका चोपडा
प्रियंका चोपडाले बलिउडमा सफल हुँदै हलिउड सम्मको यात्रा तय गरेकी छिन्। तर उनि अमेरिकामा रहेको बेला जुनियन स्टिभनस् नाम गरेकी केटिलव उनलाई सधै धम्कि दिने गर्दथिन्। उनलाई काली भएको कारण उक्त व्यवहार गरिन्थ्यो। सो क्रियाकलापबाट मुक्त हुन भारत आएकी प्रियंका मिस ईन्डिया बनेसंगै चर्चामा आईन् विश्वभर राज गर्न सफल भईन्।

२. सिनाक्षी सिन्हा
‘दबंग’ गर्ल सोनाक्षि सिन्हा बलिउडमा पछिल्लो समय लोकप्रिय बन्दै गएकी छिन्। चलचित्रमा आउनुभन्दा अगाडी सिन्हा निकै मोटी थिइन्। मोटी भएकै कारण साथीभाईको माझमा उनि सधै मजाकको पात्र बन्ने गर्दथिन्।

३. ऋतिक रोशन
बलिउडका सफल अभिनेता ऋतिक रोशन चलचित्रमा आउनु भन्दा अगाडी बोल्दा भकभकाउने गर्दथे। यहि कारण उनि सधै मजाकको पत्र बन्ने गर्दथे। यो समस्याबाट मुक्त हुन उनले स्पीच थेरापीको सहारा समेत लिएका थिए।

४.करण जोहर
बाल्यकालमा धेरै मोटो भएको कारण बलिउड निर्माता तथा निर्देशक करण जोहर सधै मजाकको पात्र बन्ने गर्दथे। बाल्यकालमा मजाकको पात्र बनेको करणले मोटोपन नियन्त्रण गर्दै अहिले बलिउडमा सफल निर्देशक बनेका छन्।

५. अर्जुन कपुर
बलिउड अभिनेता अर्जुन कुपुर आफ्नो मोटोपनको कारण सधै चर्चामा रहने गर्दथे। बाल्यकालमा मोटो भएको कारण नै उनलाई साथिभाईले सधै जिस्क्याउने गर्दथे। तर बलिउडमा प्रवेश संगै उनले आफ्नो तौलमा कमि गरेका छन् र अहिले सफल अभिनेताको रुपमा स्थापित छन्।

Comments

comments