के नीता ढुंगानाले विवाह गरेकै हुन् त ?

loading...

फ्यान सम्म आफुले गर्दै आएका कामको अपडेट दिन र आफ्ना कुरा राख्नको लागि कलाकारलाई सजिलो माध्यम बनेको छ सामजिक संजाल। सामाजिक संजाल मार्फत प्राय सबै कुराको अपडेट दिईरहदा कलाकार कहिले प्रशंसा पाउछन् भने कहिले आलोचनाको सिकार पनि बन्ने गर्दछन्। अभिनेत्रीहरु अझ सामाजिक संजालमा आफ्ना तस्विरहरु अपलोड गर्दै आफ्ना फ्यानहरु माझ अपडेट रहन रुचाउछन्।

अभिनेत्री निता ढुंगाना पनि सामाजीक संजालमा निकै सक्रिय रहेकी छिन्। हालै मात्र उनले फेसबुकमा सिउँदोमा सिन्दुर भरिएको एक तस्विर अपलोड गरेकी छिन्। केहि समय अगाडी मात्रै प्रेमी आमेश भण्डारी संग ब्रेकअप भएर बसेकी नीताको सिउँदोमा भरिएको सिन्दुरले दर्शकमा उत्सुकता कायम गरेको छ।उनलाई धेरै फ्यानहरुले ,’के तपाईको बिहे भएको हो ?’ भन्ने प्रश्न समेत गरेका छन्। तर यथार्थ भने अर्कै रहेको छ।एक विज्ञापनमा काम गर्दा नीताले उक्त तस्विर खिचाएकी हुन्।
विना क्याप्सन तस्विर अपलोड भएको कारण उनका फ्यानहरु झुक्किएका हुन्।
ब्रेकअप पश्चात नेपाली चलचित्र क्षेत्रमा सक्रिय बनेकी नीता म्युजिक भिडियो र विज्ञापनमा समेत उत्तिकै सक्रिय बनिरहेकी छिन्।

Comments

comments