किन रोके निखिलले आफ्नी जेठी श्रीमतीलाई आफ्नै कार्यक्रममा प्रवेश गर्न?

loading...

एक्सन स्टार निखिल उप्रेतीका दूईजना श्रीमती रहेको सवैलाई जानकारी छ। पहिलो श्रीमती कोपिला उप्रेती संग विवहा पश्चात उनले अभिनेत्री संचिता लुईटेल संग दोश्रो विवहा गरेआ थिए। कोपिलाबाट निखिलको एक छोरा छन् भने संचिता तर्फबाट दुई सन्तान रहेका छन्।

केहि दिन अगाडी मात्रै कोपिलाले एक मिडियालाई दिएको अन्तर्वातामा अझै पनि श्रीमान श्रीमतीमा हुनुपर्ने सवै कुरा दुईविचमा हुने बताएकी थिइन्। उनले निखिल संचिता र उनि दुवै संग नबस्ने खुलासा समेत गरेकी थिइन्। उनको अन्तर्वार्ता हेर्दा सवैलाई दुवैविच अहिलेपनि प्रेम रहेको अनुमान लगाउन सकिन्छ।

तर शनिबार सम्पन्न एक कार्यक्रममा भने माहोल फरक देखिएको छ। निखिल उप्रेतीले निर्देशन गर्ने दोश्रो चलचित्र ‘कमिटमेन्ट’ घोषणा कार्यक्रममा निखिल उप्रेतिकी जेठी श्रीमती कोपिला उप्रेती आफ्नो छोरा सहित पुगेकी थिइन्। तर निखिल उप्रेतीले उनलाई कार्यक्रम स्थल सम्म नै पुग्न दिएनन्।

निखिलले आफ्नो गाडीमा उनलाई घर जान आग्रह गरेका थिए। तर कोपिलाले उनको प्रस्ताव अस्विकार गरेको हल्ला समेत चलेको थियो। कोपिलाको उपस्थिति रहंदा सम्म निकै तनावमा निखिल देखिएका थिए।

यी सवै दृश्यहरु देखिसकेपछि कतै निखिल र कोपिलाको सम्बन्ध चिसिएको त हैन भन्ने अनुमान लगाउन समेत थालिएको छ। खैर सार्वजनिक कार्यक्रममा कोपिलाको उपस्थिति रहदा कतै बनिरहेको आफ्नो सम्बन्ध मिडियाबाट छताछुल्ल हुने डरले समेत निखिललाई सताएको हुन सक्छ ।

Comments

comments